|
दोहा,कतार - सिन्धुली सेवा समाज कतारले सिन्धुली क्षेत्र नम्वर दुई अन्तर्गत भुवनेस्वरी गाविसमा आगलागी पिडितलाई सहयोग हस्तान्तरण गरेको छ।
सिन्धुली जिल्लाको क्षेत्र नम्वर दुई अन्तर्गत भुवनेस्वरी गाविसमा २६ चैत २०७२ शुक्रवारका दिन जंगल बाट सुरु भएको भिषण आगलागी दुइदिन सम्म दन्किदा एक बिद्यालय सहित पैतालीस परिवारको पैसठ्ठी भन्दा धेरै घरहरु जलेर नष्ट भएका थिए।
पिडित परिवारहरुलाई केही आर्थिक सहयोग पुर्याउने उदेश्यले प्रवासमा रहेको संस्था सिन्धुली सेवा समाज कतारको पहलमा संस्थामा अध्यक्ष पुरुषोत्तम सुनुवारको संयोजत्वमा कतारमा रहेका सिन्धलीवासीहरु संग आर्थिक सहयोग संकलन गर्दै कतारी रियल चौध सय सत्तरी र संस्थाको बचत कोषमा भएको रकम पाँच सय रियल थप गरि नेपाली रुपैयाँ छपन्न हजार नगद जम्मा गरेको थियो।
घर विदामा रहेका सिन्धली समाज कतारका बर्तमान कोषाध्यक्ष चेत बहादुर बलम्पाकी मगर र कतारबाट फाइनल गइसकेका (खाङ्साङ बासी) पूर्व अध्यक्ष गोपाल भुजेल मार्फत सिन्धुली सिडियो कार्यलयको अनुपति लिई भुबनेस्वरी गाविसका पार्टि प्रतिनिधिहरु, प्रहरी प्रशासन र गाविसका कर्मचारीहरुको सहयोग तथा उपस्थितमा पिडित परिवारहरुलाई उपस्थित गराइ आर्थिक सहयोग हस्तान्तरण गरेको हो।
साथै उपस्थित सबैलाई कोषाध्यक्ष मगरले खाजा, पानिको ब्यवस्था सहित कतारमा रहने सिन्धुलीवासीहरुलाई सिन्धुली सेवा समाज कतारमा आवद्ध भई एक जुट हुन सकेमा आउने दिनहरुमा बिपतीमा परेका पिडितहरुको लागि सहयोग पुर्याउन सकिने भनाई राख्दै आर्थिक सहयोग कार्यक्रम सम्पन्न गरेको छ । -
|